राष्ट्रिय जनमोर्चाले दर्ता गर्न लागेको संविधान संशोधन विधेयक संसद सचिवालयबाट फिर्ता
राष्ट्रिय जनमोर्चाले दर्ता गर्न लागेको संविधान संशोधन विधेयक संसद सचिवालयबाट फिर्ता
२० जेठ २०७७ काठमाडौं : संबिधान जारि हुनु अगावै देखि संघियताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले ल्याएको संविधान संशोधन विधेयक दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।
सांसद दुर्गा पौडेलले लिएर गएको संविधान संशोधनसम्बन्धी गैर सरकारी विधेयकको फर्म्याट नमिलेको भन्दै संसद सचिवालयले फिर्ता पठाएको हो ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने व्यवस्थासहित संविधान संशोधन विधेयक दर्ता गराउने तयारी गरेको थियो ।
