काँग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आजपनि स्थगित
काँग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आजपनि स्थगित
२६ माघ २०७६ काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधीसभाको आजको बैठक पनि स्थगित भएको छ ।
सभामुख ले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफनो स्थानमा उठेर बिरोध जनाईरहेपछि आजको बैठक स्थगित भएको हो ।
सभामुखले बिरोध जनाईरहेका नेपाली कांग्रेसका सांसदहरुलाई बिजयकुमार गच्छदार बिरुद्धको मुद्दा संबैधानिक आयोगले गरेको निर्णय र अदालतमा गईसकेको बिषय भएकाले संसदले त्यसको निरुपण गर्ननसक्ने भन्दै बैठक सुचारु गर्न पटक पटक आग्रह गरिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सांसदहरु बिरोध जनाईरहेपछि अवरोधको अवस्थामा बैठक चल्न नसक्ने भन्दै सभामुखले बैठक मंगलबार बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद बिजयकुमार गच्छदार बिरुद्ध मुद्दा दायर गरेपछि विभेदपूर्ण व्यवहार भएको भन्दै नेपाली कांग्रेसले आजसहित प्रतिनिधीसभाको बैठक तीन दिन अवरुद्ध गरिसकेको छ ।
प्रतिनिधी सभाको अर्को बैठक माघ २८ गते मंगलबार दिनको १ः०० बजे बस्नेछ ।