Breakingदेशराजनितीसमाचारसमाज

रुकुम घटनाको बिषयमा आफ्नो भनाइ तोडमतोड गरेर राजनीतिकरण गरिएको जनार्दन शर्माको आरोप

रुकुम घटनाको बिषयमा आफ्नो भनाइ तोडमतोड गरेर राजनीतिकरण गरिएको जनार्दन शर्माको आरोप

१४ जेठ २०७७ काठमाडौं : मंगलबार संसदमा भएको रुकुम घटनाका बिषयमा बोलेका नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् ।

रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए ।

‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

चौरजहारी प्रकरण मानव सभ्यताको खिल्ली उडाउने घटना भएकाले त्यसमाथि निष्पक्ष छानबिन गर्न पनि शर्माले माग गरेका छन् । उनले छानबिनमा सघाउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

पश्चिम रुकुमको चौरजहारीमा जेठ १० मा विवाहका लागि गएका जाजरकोटका नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुुनारको हत्या भएको थियो । उनीहरूसँगै गएकामध्ये दुई अझै बेपत्ता छन् ।

यस्तो छ संसदमा जनार्दन शर्माले बोलेको बिबादित भिडियो

रुकुम घटनाको बिषयमा आफ्नो भनाइ तोडमतोड गरेर राजनीतिकरण गरिएको भन्दै जनार्दन शर्माले प्रेसित गरेको प्रेस बिज्ञप्ति

रुकुम घटनाको बिषयमा आफ्नो भनाइ तोडमतोड गरेर राजनीतिकरण गरिएको जनार्दन शर्माको आरोप