भारतकै नक्सामा भेटियो लिम्पियाधुरा लिपुलेक नेपालकै भएको प्रमाण
भारतकै नक्सामा भेटियो लिम्पियाधुरा लिपुलेक नेपालकै भएको प्रमाण
१२ जेठ २०७७ काठमाडौँ : भारतीय हेपाहा प्रवृति र नेपाली राजनीतिक कमजोरीका कारण भारतीय अतिक्रमणमा परेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित काली नदीको मुहान वारिका सबै जमिन नेपालकै भएको प्रमाण भारतीय नक्सामा फेला परेको छ।
नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।
भारतले लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारिको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसैलाई काली नदीको मुहान भनिरहेका बेला भारतका पुराना नक्साहरूले नै लिम्पियाधुरा कालीको मुहान हो भन्ने पुष्टि गर्ने सरकारले जनाएको छ ।
नेपाली भूमि तिल्सीमा सैनिक क्याम्प राखेपछि भारतले सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर तलाउ बनाएको थियो । कृत्रिम तलाउभित्र कालो ढुंगा बिछ्याएर उसले त्यसलाई कालीको मुहान भन्दै आएको छ । त्यही आधारमा नेपालको भूमि नहडपेको दाबी भारतले गरिरहेको छ । सुगौली सन्धिलाई आधारबिन्दु मानेर विभिन्न चरणमा प्रकाशित भारतीय नक्साले भने भारतको अहिलेको दाबीलाई खण्डन गर्छन् ।
यी हुन् भारतले विभिन्न काल खण्डमा जारि गरेका कलि नदि सहितका नक्सा:






