समाचार

कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

१९ बैशाख २०७७ काठमाडौँ : विश्वभर महामारीको रुप लिईरहेको कोरोना संक्रमणका कारण हालसम्म विश्वमा ३३ लाख भन्दा बढी मानिस संक्रमित पाइएका छन् ।

संक्रमित मध्ये १० लाख भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् भने २ लाख ३४ हजार १०५ जनाको मृत्यु भईसकेको छ। हाल सम्म प्राप्त तथ्यांक अनुसार संक्रमित संख्या ३३ लाख ८ हजार पुगेको छ भने १० लाख ४२ हजार ८१८ जना घर फर्किएका छन्।

सबै भन्दा बढी प्रभावित रहेको अमेरिकामा हाल सम्म १० लाख ९५ हजार २१० जना संक्रमित फेला परेकोमा ६३ हजार ८६१ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै अन्य संक्रमित मध्ये स्पेनमा २ लाख ३९ हजार ६३९ जना, इटालीमा २ लाख ५ हजार ४६३ जना, बेलायतमा १ लाख ७१ हजार २५३ जना, फ्रान्समा १ लाख ६७ हजार १७८ जना, जर्मनीमा १ लाख ६३ हजार ९ जना, टर्कीमा १ लाख २० हजार २०४ जना, रशियामा एक लाख ६ हजार ४९८ जना संक्रमित फेला परेका छन् ।

नेपालमा हाल सम्म ५७ जना संक्रमित फेला परेकोमा १६ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कसैको पनि मृत्यु भएको छैन।

त्यसैगरी भारतमा ३४ हजार ८६३ जना संक्रमित फेला परिसकेका छन् भने ११ ५४ जनाको मृत्यु भैसकेको छ।