झापा गाउँपालिकामा १ जना सहित थप ३६ जनामा कोरोना संक्रमण पुस्टि
झापा गाउँपालिकामा १ जना सहित थप ३६ जनामा कोरोना संक्रमण पुस्टि
१० जेठ २०७७ काठमाडौं : थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये झापा गाउँपालिकामा पहिलो पटक संक्रमित भेटिएको छ भने सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।
बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन् ।
यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।