कोरोनाका कारण चीनमा भन्दा भारतमा धेरैको मृत्यु

कोरोनाका कारण चीनमा भन्दा भारतमा धेरैको मृत्यु

३ जेठ २०७७ काठमाण्डौ : कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ७ हजार ६ सय नाघेको छ ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार सम्मको रिपोर्टअनुसार ८७ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १४ लाख ७५ हजार पुगेको छ । शुक्रबार अमेरिकामा १ हजार ५३ जनाको मृृृृृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ । संक्रमितको संख्या २ लाख ३६ हजार ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको मृृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय ३३ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार २ सय ९ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले ९१ जनाको उपचार भइरहेको छ ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
इटलीमा शुक्रबार २ सय ४२ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३१ हजार ६ सय १० जनाको मृत्युु भएको छ ।

स्पेनमा शुुक्रबार १ सय ३८ जनाको मृत्यु हुँदा कुल २७ हजार ४ सय ५९ पुगेको छ ।
फ्रान्समा शुक्रबाार १०४ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २७ हजार ५ सय २९ पुगेको छ । फ्रान्समा १ लाख ७८ हजार ८ सय संक्रमित छन् ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १०४ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ८५ हजार ७ सय नाघेको छ । यो संंख्या चीनको भन्दा धेेरैै हो ।

ब्राजिलमा १४ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ९ सय ५९ को मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ७५ हजार ३ सय संक्रमित हुनुका साथै ७ हजार ९ सय ५१ को मृत्यु भएको छ ।

इरानमा १ लाख १६ हजार ६ सय संक्रमित छन् । साथै ६ हजार ९ सयको मृत्यु भएको छ ।

रुसमा पनि २ लाख ६२ हजार ८ सय जना संक्रमित भइसकेका छन् भने २ हजार ४ सय १८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा करिब १० हजार ६ सय संंक्रमित थपिए ।

सबैभन्दा बढी प्रभावित देशहरु :

नेदरल्याण्ड – ५६४३

टर्की – ४०५५

क्यानडा – ५५५३

स्विडेन – ३६४६

स्विजरल्याण्ड – १८७८

मेक्सिको – ४४७७

इक्वेडर – २५९४

आयरल्याण्ड – १५१८

पेरु – २३९२

पोर्चुगल – ११९०

रोमानिया – १०७०

इण्डोनेसिया- १०७६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ