भारतमा कोरोना संक्रमितको क्रम बढ्दै, संक्रमण ६७२५ मा फैलियो
भारतमा कोरोना संक्रमितको क्रम बढ्दै, संक्रमण ६७२५ मा फैलियो
२८ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको रुप लिइरहेको कोरोना संक्रमणका कारण मृत्यु हुने हरुको संख्या दिनानुदिन बढ्ने क्रम जारि रहेका बेला भारतमा यसले गति लिन सुरु गेरको छ। सुक्रबार सम्म भारतमा संक्रमितको संख्या ६७२५ पुगेको छ भने २२७ को मृत्यु भैसकेको छ।
चीनको वुहानलाइ उद्गम स्थल बनाएर सुरु भएको कोरोना भाइरस संक्रमणले अहिले विश्वलाइ नै आफ्नो कब्जामा लिएको बेला बढ्दो क्रममा रहेको भारतका २८ राज्यमा यसको संक्रमण फैलिइसकेको छ।
विश्व स्वास्थ्य संगठनले अब दक्षिण एसियालाई यसको जोखिम क्षेत्रमा राखेको बेला भारतमा यसको प्रभाव देखिन सुरु भएको हो।
भारतमा सबैभन्दा प्रभावित क्षेत्र महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेको र मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।
मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ । तर, यो राज्यमा मृत्यु हुने मानिसको संख्या भने ३३ पुगिसकेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।