सुर्खेतमा थपिए १२ कोरोना संक्रमित
सुर्खेतमा थपिए १२ कोरोना संक्रमित
१३ जेठ २०७७ वीरेन्द्रनगर : कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका छन् ।
बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।
पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।
कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ । भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।
यो संगै हाल सम्म संक्रमितको संख्या ६९४ पुगेको छ भने ४ जनाको मृत्यु भैसकेको छ। त्यस्तै १५५ जना फर्कीसकेका छन्।
