Breakingकोरोनाभाइरससमाचार

सप्तरीमा पनि फेला परे कोरोना संक्रमित, संक्रमित संख्या १२१

सप्तरीमा पनि फेला परे कोरोना संक्रमित, संक्रमित संख्या १२१

२९ वैशाख २०७७ काठमाडौं : सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । सप्तरीमा फेला परेका कोरोना संक्रमित प्रदेश २ को नयाँ स्थानमा फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।