देशराजनितीसमाचार

लिपुलेकमा भारतले सडक खोलेको विषयमा थप जानकारी लिन दूतावासलाई सरकारको निर्देशन

लिपुलेकमा भारतले सडक खोलेको विषयमा थप जानकारी लिन दूतावासलाई सरकारको निर्देशन

२७ बैशाख २०७७ काठमाडौँ : एकलौटी रुपमा भारतले नेपाली भूमिमा सडक मार्ग खोलेको विषयमा सम्पूर्ण वस्तुस्थिति बुझ्‍नका लागि नेपाल सरकारले गृहकार्य थालेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक मार्ग खोलेको विषयबारे थप जानकारी लिन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताए । ज्ञवालीले सम्पूर्ण विषयको विवरण संकलन गरेर अध्ययन गर्ने र त्यसपछि सरकारले आफ्‍नो कदम चाल्न‍े बताए । ‘सम्पूर्ण विवरण हेरिसकेपछि हामी थप कदम चाल्छौं’ मन्त्री ज्ञवालीले भने ।

नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

यो पनि पढ्नुस:

नेपाली भूमि लिपुलेकमा भारतले बनायो मानसरोवर जाने बाटो