नयाँ नक्साका बिषयमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने पररास्ट्रको तयारी
नयाँ नक्साका बिषयमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने पररास्ट्रको तयारी
७ जेठ २०७७ काठमाडौँ : भारतीय हेपाहा प्रवृत्ति तथा नेपालको राजनीतिक कमजोरीका कारण विगतदेखिनै समस्यामा परेको नेपालको भुमिका बिषयमा अहिलेको सरकार केहि कडा रुपमा प्रस्तुत भएको छ।
पछिल्लो समयमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर आफ्नै भुमि बताएपछि नेपाल झन् प्रतिकारात्मक हिसाबले प्रस्तुत भएको छ। यसै क्रममा नेपाल सरकारले जेठ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी दिने तयारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा जारी गरेकी थिइन् ।
योसँगै सरकारले अब परराष्ट्र मन्त्रालयमार्फत् अन्तर्राष्ट्रिय संस्था र समुदायहरुलाई नेपालको नयाँ नक्साबारे जानकारी दिने तयारी गरेको हो । भूमि व्यवस्था मन्त्रालयले यसका लागि परराष्ट्रलाई पत्र पठाउँदैछ ।
परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालले औपचारिक रुपमा नै नक्सा जारी गरेपछि सबैले थाहा पाउने हुन्छ । तैपनि जानकारी गराउनु पनि उचित हुन्छ ।’ उनले अहिलेसम्म भूमि व्यवस्था मन्त्रालयबाट परराष्ट्रलाई पत्र नआएको भए पनि पत्र आएपछि अन्तर्राष्ट्रिय संस्थाहरु र मुलुकहरुलाई आफ्ना कुटनीतिक नियोगबाट जानकारी गराउने बताए ।