Breakingअन्तरास्ट्रियकोरोनाभाइरस

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार पुग्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार पुग्यो

६ जेठ २०७७ काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण करिब ९२ हजारको मृत्यु भएको छ ।

वल्ड़ोमिटरको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९१ हजार ९ सय ८१ पुगेको छ ।

कोरोनाबाट संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ छ । कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।

हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको ट्रम्पको भनाइ

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको बताएका छन् । जबकी यसअघि मलेरियाका बिरामीलाई दिइने यो औषधिको ट्रम्पले खिल्ली उडाएका थिए ।

सोमबार पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले भने, ‘मैले करिब डेढ हप्तादेखि यो औषधि खाइरहेको छु, त्यसैले म यहाँ उपस्थित हुन सकेको छु । तपाईंले देखिरहनु भएको छ । मेरो तर्फबाट यही नै प्रमाण हो । यसबारे धेरै सकारात्मक फोन आइरहेको छ ।’

केही वैज्ञानिकहरुले हाइड्रोक्लोरोक्विनबाट कोरोनाविरुद्ध लड्न मद्दत मिल्छ भनेपछि अमेरिकाले यो औषधि भारतबाट समेत किनेको थियो ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसविरुद्धको औषधि अझै पत्ता लागेको छैन तर हाइड्रोक्लोरोक्विन औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ ।