अन्तरास्ट्रियकोरोनाभाइरस

भारतमा कोरोना संक्रमण उच्च, विश्वकै तेश्रो देशको सुचिमा

भारतमा कोरोना संक्रमण उच्च, विश्वकै तेश्रो देशको सुचिमा

२२ असार २०७७ नयाँदिल्ली : भारतको कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् ।

भारतमा कोरोना संक्रमणको पहिलो केस केरलामै गत ३० जनवरीमा पहिचान देखिएको थियो । कोरोना महामारी रोकथामका काम प्रभावकारी भएका कारण त्यहाँ हालसम्म पाँच हजार दुई सय जनामा मात्र संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजारभन्दा बढी निको भइसकेका छन् ।