राजनितीसमाचार

प्रचण्ड नेपाल र खनाललाइ जिल्ल पार्दै ओलीले मारे बाजी

प्रचण्ड नेपाल र खनाललाइ जिल्ल पार्दै ओलीले मारे बाजी

२१ बैशाख २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने केही दिनयताको प्रयास असफल भएको छ । उनलाई हटाउन सम्पूर्ण शक्ति लगाएर सचिवालयका केही सदस्यहरु सक्रिय भएपनि ओलीले त्यसलाई निस्तेज पारिदिएका छन् ।

ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न एकसाथ धेरै अस्त्रहरु प्रयोग गरे । उनले अविश्वासको प्रस्ताव सम्म सामना गर्ने तर पदबाट नहट्ने दृढता व्यक्त गर्दै विश्वासपात्रहरुलाई सोही बमोजिम सक्रिय बनाएका थिए । उनले पार्टीभित्र असन्तुष्ट पक्षहरुलाई मुख्यमन्त्री हेरफेर र मन्त्रिहरु हेरफेर गरेर जानसकिने प्रस्ताव संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटि सदस्य प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत् पठाएका थिए । उनीहरुले त्यही अनुरुप भित्री रुपमा वार्ताहरु पनि गर्दै आएका थिए ।

ओलीलाई हटाउन लागेकामध्ये पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम मध्ये नेपाल र खनाल मात्र जोडतोडले लागिरहेका थिए । गौतम शुरुमा ओलीलाई हटाउने पक्षमा कडा रुपमा देखिएपनि विस्तारै सेलाए
। प्रचण्ड निकटस्थहरुले नै अहिले ओलीलाई हटाए दुर्घटना हुने भन्दै चेतावनी दिएपछि घटनाले नयाँ मोड लिन थालेको हो । स्थायी समिति सदस्य दिनानाथ शर्मा र हरिबोल गजुरेलले सार्वजनिक रुपमा ओलीलाई हटाउन नहुने बताइसकेका थिए । शर्माले त ओली हटाउँदा दुर्घटना हुने चेतावनी दिए ।

माधवकुमार नेपाल पक्षधरमध्ये कतिपय स्थायी कमिटि सदस्य मन्त्री छन् । उनीहरु ओलीलाई हटाउने पक्षमा देखिएनन । मध्यमार्गी बाटो रोजेर जानुपर्ने भन्दै आएका छन् । बरु माधव नेपाललाई पार्टीको बागडोर हाँक्ने गरी स्थापित गर्ने प्रयासमा उनी निकटस्थ कतिपय नेताहरु रहेका थिए ।

घटनाक्रम ओलीविरुद्ध एकीकृत भएपनि विस्तारै छिन्नभिन्न हुँदै गए । पछिल्लो समय ओलीले मन्त्रिपरिषद पुर्नगठनको प्रस्ताव पार्टीभित्र अगाडि बढाएपछि कतिपय नेताहरु मन्त्री बन्न सकिने आशामा ओलीलाई नै साथ दिन थाले । ओलीले मन्त्रीमण्डल पुर्नगठन गरी नयाँ मन्त्री ल्याउने प्रस्तावले विरोधीहरुलाई तितरवितर पारिदिएका थिए ।

प्रचण्डनिकट भनिएका सचिवालय सदस्य रामबहादुर थापा बादल ओलीको नजिक पुगिसकेका छन् । माधव नेपाल निकट कतिपय स्थायी कमिटि सदस्यलाई पनि ओली पक्षधले भेटेर मिलाइसकेको बुझिएको छ । यसरी जति रातहरु बित्दै गए त्यति नै अग्राख पलाउँदै गयो । ओलीलाई कमजोर बनाएको अवस्थामा पनि दरिलो प्रहार नहुँदा अहिले उनी शक्तिशाली बन्दै गएका छन् । आफू पदबाट नहट्ने निश्चित ओलीले गरिसकेका छन् । यसले ओलीलाई तत्काल सुरक्षित र बलियो अवस्थामा पुर्याएको छ ।

अन्त्यमा ओलीले घटना क्रम सिर्जना गर्ने मध्येका नाइके रहेका बामदेव गौतमलाइ आफ्नो पक्षमा पार्न सफल भए। उनले गौतमलाई आगामी केहि समयमा प्रतिनिधि सदस्यमा निर्वाचित गराउने भन्ने आन्तरिक सहमति भएको बताइन्छ। त्यस्तै प्रचण्ड निकट मानिएका रामबहादुर थापा बादललाइ समेत आफ्नो कित्तामा उभ्याएपछि ओलीको सचिबालय बैठकमा पूर्ण बहुमत हुन पुग्यो। जसका कारण प्रचण्ड, नेपाल र खनालले कुनै किसिमको बार्गेनिंग गर्ने स्थिति नै श्रृजना हुन पाएन। बिश्वस्त उनीहरुले ओलीलाइ जसरि भएपनि हटाउने गरि थपेको पाशो आफ्नै लागि परेको छ।

घटना जे जस्तो भएपनि सत्ताका लागि खेल गर्फ्ने यो उपयुक्त समय भने कदापि थिएन। अबको परिदृश्य हेर्ने हो भने सत्ताका लागि विषम परिस्थिति समेतको ख्याल नगरी लागि परेका बामदेव गौतम, पुष्पकमल दाहाल (प्रचण्ड), माधब नेपाल र झलनाथ खनाललाइ जनताले आगामी निर्वाचनमा बिचार गर्ने स्थिति आएको छ।