राजनितीसमाचार

प्रचण्ड र माधब नेपाल फुटाउने ओलीको असफल रणनीति

प्रचण्ड र माधब नेपाल फुटाउने ओलीको असफल रणनीति

१९ बैशाख २०७७ काठमाडौँ : पछिल्लो समय राजनीतिक गर्मागर्मी चलिरहेको बेला प्रधानमन्त्री केपी ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर भेटेका छन् ।

बिहीबार साँझ दुई नेताबीच जारी पार्टी विवाद समाधानको उपायका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

भेटमा प्रधानमन्त्री ओलीले गरेको तेश्रो अध्यक्ष बन्ने प्रस्ताबमा नेता नेपालले आफू पार्टीको तेश्रो अध्यक्ष बन्न तयार नरहेको जवाफ ओलीलाई दिएका छन् । पार्टीभित्रको आफूविरोधी मोर्चा कमजोर बनाउन ओलीले बुधबारको सचिवालय बैठकमा तेश्रो अध्यक्ष पद सिर्जना गरेर नेपाललाई अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

यसअघि पनि नेता नेपाललाई प्रदेश १ र ३ को मुख्यमन्त्री लिन र मन्त्रिपरिषदमा को–को मन्त्री बनाउनुपर्ने हो सिफारिस गर्न आग्रह गरेका थिए ।

ओलीको पछिल्लो प्रस्तावलाई प्रचण्ड–नेपाल गठबन्धन कमजोर पार्ने रणनीतिका रुपमा हेरिएको छ ।