मनोरंजन

क्यान्सर पिडित ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन

क्यान्सर पिडित ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन

१८ वैशाख ,२०७७ काठमाडौं : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

ऋषिलाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या रहेको र उनको मृत्यु भएको भाइ रणधीर कपुरले जान्न्कारी दिएका छन् । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।