कोरोनाभाइरस

थप ३ सय १४ जनामा कोरोना संक्रमण पुस्टि, संख्या ३७६२ पुग्यो

थप ३ सय १४ जनामा कोरोना संक्रमण पुस्टि, संख्या ३७६२ पुग्यो

२६ जेठ २०७७ काठमाडौं : महामारी फैलिएको कोरोना संक्रमणका कारण नेपालमा सोमबार थप तीन सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार भेटिएका संक्रमितहरुमध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

संक्रमित मध्ये हाल सम्म १४ जनाको मृत्यु भएको छ भने चार सय ८८ जना डिस्चार्ज भएका छन् ।