कोरोनाको उच्च जोखिममा प्रदेश १, संक्रमित संख्या ३१
१६ बैशाख २०७७ विराटनगर : प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।
प्रदेश १ को उदयपुरमा २८ संक्रमित फेला परेका छन् भने भोजपुरमा १ जना त्यसैगरी झापामा २ जना फेला परेका छन्। प्रदेश १ मा मात्र संक्रमितको संख्या ३१ पुगेको हो।
प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । पुगेको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको छ ।
नेपालभर ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना उपचारपछि घर फर्किएका छन्। नेपालमा हालसम्म कसैको पनि मृत्यु भएको छैन।