कोशी प्रदेशदेशमधेश प्रदेशसमाचार

प्रदेश १ र २ मा सुक्रबारदेखि तीन दिनसम्म बाढीको खतरा

प्रदेश १ र २ मा सुक्रबारदेखि तीन दिनसम्म बाढीको खतरा

२२ असार २०७७ काठमाडौँ : यही असार २६ गतेदेखि २९ गतेसम्म देसका प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।

बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ ।

आज भने बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।