सीमामा आवतजावत बढेपछि झापा गापामा यस्तो लकडाउन
सीमामा आवतजावत बढेपछि झापा गापामा यस्तो लकडाउन
२९ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको रुप लिइरहेको कोरोना संक्रमणका कारण नेपाल अहिले १८ दिन देखि लकडाउनमा छ। यही लकडाउनका कारण झापाका व्यक्तिहरुले विभिन्न व्यक्तिगत तथा व्यवशायिक असहजता झेलिरहेका छन्।
त्यो भन्दापनि सबैभन्दा मारमा यहाँका किसानहरु परेका छन्। कसैको खेतमा हाल्ने मल किन्ने अवस्था छैन त कसैले बालि गोड्न वा थन्क्याउन मजदुर पाएका छैनन्। यसै अवस्थाको फाइदा उठाउँदै तस्करहरुले सीमामा पर्ने झापा गाउपालिकाका कृषकहरुलाई मल ल्याइदिने भन्दै खुलेआम सडकमा लकडाउनको उल्लङ्घन गर्दै सहज आवतजावत गरेपछि स्थानियहरुले सडकमा बाँसको बार नै लगाएर सडक पूर्णरुपमा बन्द गरिदिएका छन्।
यसरी सडक बन्द गरेपछि केहि स्थानीयहरू खुशी ब्यक्त गर्छन भने केहि स्थानीय यस्तो किसिमको कदमको बिरोधमा उत्रिएका छन्। उनीहरुको तर्क छ, यदि कसैलाई अत्यावश्यक काम परेमा लगाइएका बारले ठुलो क्षति हुन सक्ने भन्दै आफ्ना कुरा राखेका छन्।
यता लकडाउनलाइ बन्दको रुपमा बुझिदिनाले फलफुल तथा तरकारी उत्पादन गरेका किसानलाई आफ्ना उपज बजार पुर्याउन तथा खेतीबालीको काम गर्ने कृषकलाई केहि मर्का परेको स्थानीय कृषकहरु बताउछन।
झापा गाउँपालिकामा डिल्लीराज माबिमा ११ जना र जनता माबि ११ जना गरि दुइ स्थानमा क्वारेन्टाइनमा राखिएका २२ जनामा दुवै स्थान बाट ४-४ जनालाइ होम-क्वारेन्टाइनमा पठाइएको स्थानीय स्वास्थ्यकर्मी तथा प्रहरीले जानकारी दिएका छन्।
यता १४ दिनको क्वारेन्टाइन पुरा गरेर होम क्वारेन्टाइनमा बसेका केहि व्यक्तिहरुलाइ उच्च निगरानीका साथ् राखिएको जनाइएपनि ति व्यक्तिहरु खुलेआम हिडिरहेकोले संक्रमणको खतरा बढेको नाम गोप्य राख्ने सर्तमा स्थानीय बताउछन।
हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले भने आफुहरुलाई सबै किसिमको सेवा सुबिधा उपलब्ध गराइएको र प्रहरीले पनि मित्रवत व्यवहार गरेकोले आफुलाई खुसिलागेको बताएका छन्।