कोरोना उपचार सामग्री पुर्याउन उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्कियो
कोरोना उपचार सामग्री पुर्याउन उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्कियो
१६ चैत २०७६ काठमाडौं : म प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको छ ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाको उच्च अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।
अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन।
