आइतबारदेखि सबै मालपोत कार्यालयहरु खुल्ने
आइतबारदेखि सबै मालपोत कार्यालयहरु खुल्ने
२४ जेठ २०७७ काठमाडौँ : कोरोना भाइरस कोभिड-१९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेको देशको मालपोत कार्यालय आइतबारदेखि खुल्ने भएको छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सुक्रबार सूचना जारी गर्दै आइतबार देखि सबै कार्यालय खोल्न भनेको हो ।
विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।
लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।