चैतमा तिर्नुपर्ने बैंकको किस्ता रकम असार मसान्तसम्म भुक्तानी गर्दा सुल्क नलाग्ने
चैतमा तिर्नुपर्ने बैंकको किस्ता रकम असार मसान्तसम्म भुक्तानी गर्दा सुल्क नलाग्ने
१७ चैत २०७६ काठमाडौँ : नेपाल राष्ट्र बैंकले कारोना भाइरस(कोभिड–१९)को प्रकोपको कारण देशको उद्योग, बैक तथा वित्तीय क्षेत्रमा पर्ने प्रभावको अध्ययन गरी विभिन्न १९ बँुदे राहत प्याकेजका कार्यकम ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार चार वटै वर्गका बैक तथा वित्तीय संस्थाहरुलाई एक संयुक्त निर्देशन जारी गर्दै पुर्नकर्जा कोषको रकम ६० अर्ब पुर्याउनुका साथै चालु पुँजी प्रकृतिका अल्पकालिन कर्जाको भुक्तानी अवधि दुई महिनालाई थप गरेको छ ।
कोरोना भाइरस (काभिड–१९) संक्रमणसँगै उद्योग ब्यवसाय समस्या परेका बेला राष्ट्र बैंकले ल्याएको राहत प्याकेजले चैतसम्म कुनै कर्जा नवीकरण नभएपनि त्यसलाई असल ऋणमै गणना गर्न पाइने र राष्ट्र बैंकले सुक्ष्म निगरानीमा नराखे पनि हुने ब्यवस्था गरेको छ ।
राष्ट्र बैंकले कारेनाको उपचारमा सहयोग पुग्ने गरी सेवा विस्तार वा स्तरोन्नती गर्न नीजि स्वास्थ्य प्रदायकहरुलाई प्रवाह गर्ने कर्जालाई प्रथमिकता प्राप्त क्षेत्रको रुपमा गणना गर्न सकिने छ ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने अत्यावश्यक वस्तुहरुको पैठारी तथा बिक्रि वितरण सहज बनाउन कर्जा माग भएमा ५ दिन भित्र कर्जा प्रदान गर्न पनि राष्ट बैकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले वित्तीय कारेवारलाई प्रोत्साहन गर्न त्यस्तो सेवा प्रदान गर्दा आगामी असार मसान्त सम्म कुनै पनि शुल्क लिन नपाउने व्यवस्था समेत मिलाएको छ ।
राष्ट्र बैंकले बैकहरुले दिने पुर्नकर्जा सुविधा दिंदा कोरोनाबाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिन पनि निर्देशन दिएको छ ।
राष्ट्र बैंकले चैतमा असुल गर्नु पर्ने मासिक वा त्रैमासिक किस्ता रकम असार मसान्तसम्म भुक्तानी समय मिलाउन बैकहरुलाई निर्देशन दिएको छ । यसमा कुनै पनि किसिमको शुल्क वा हर्जाना लिन पाइने छैन् ।
यदि कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा त्यस्ता ऋणीहरुले ब्याज रकममा १० प्रतिशत छुट पाउने छन् । छुट रकम आधार दरभन्दा तल भने दिन नपाउने व्यवस्था गरेको छ ।
