अन्तरास्ट्रियकोरोनाभाइरस

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना सङ्क्रमण भएको पुष्टि

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना सङ्क्रमण भएको पुष्टि

१५ चैत २०७६ काठमाडौँ : ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ ।

इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उहाँको जाँच गरिएको थियो ।
जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए ।

बेलायतभरमा ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएका छन् । यहाँ हालसम्म ५७८ जनाले यही भाइरसका कारण ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *