प्रम ओली अस्पतालबाट डिस्चार्ज
प्रम ओली अस्पतालबाट डिस्चार्ज
१५ चैत २०७६ काठमाडौँ : मुटुको चाल बढेपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई सुक्रबार साँझ डिस्चार्ज हुनु भएको छ । उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो।
उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले उपचार गराउनुभएको छ ।
उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
