कोरोना संक्रमणका कारण एकै दिन ३१७८ को मृत्यु, इटाली र स्पेनमा उच्च

कोरोना संक्रमणका कारण एकै दिन ३१७८ को मृत्यु, इटाली र स्पेनमा उच्च

१५ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरना भाइरस संक्रमणका कारण सुक्रबार मात्र ३ हजार १७८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा यो अहिले सम्मकै उच्च रहेको पाइएको छ।

अहिले सम्म विश्वका विभिन्न देशमा गरी २७ हजार २५१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ९४ हजार ३४४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख ३ हजार ६२२ जना उपचारपछि घर फर्किएका छन्।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ भाइरस्का कारण इटाली र स्पेनमा भयावह स्थिति सिर्जना भएको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ९ हजार १३४ जनाको मृत्यु भएको छ । हाल ८६ हजार ४९८ जना सङक्रमित रहेका छन् । दश हजार ९५० व्यक्ति उपचारपछि घर फर्किएका छन् । सुक्रबार मात्र इटालीमा मृत्यु हुनेको संख्या ९१९ रहेको पाइएको र यो १ दिनमा मृत्यु हुनेको संख्या अहिले सम्म कै उच्च हो।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ५ हजार १३८ जनाको मृत्यु भएको छ । हाल ६५ हजार ७१९ जना सङक्रमित रहेका छन् । सनिबारसम्म ९ हजार ३५३ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । सनिबारसम्म यहाँ ७७३ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने इरानमा २ हजार ३७८ जनाको मृत्यु भएको छ त्यसैगरी जर्मनीमा २६७ व्यक्तिको मृत्यु भएको छ ।

यता सबै भन्दा बढी संक्रमित भेटिएको संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ६०७ जनाको मृत्यु भएको छ । हाल १ लाख २ हजार ३९६ जना सङक्रमित भेटिएका छन् भने २ हजार ४७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण एक हजार ९९५ जनाको मृत्यु भएको छ भने जर्मनीमा ३५१ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३९ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ३३२ सङ्क्रमित भएका छन् । चार हजार ५२८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

सङ्क्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ