कोरोना संक्रमित ६ लाख नाघ्यो

कोरोना संक्रमित ६ लाख नाघ्यो

१५ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको फैलिरहेको कोरोना भाइरस संक्रमणको संख्या छ लाख नाघेको छ। चीनको वुहान बाट उद्गम स्थल बनाएर सुरु भएको कोरोन भाइरस संक्रमणबका कारण विश्वभर माहामारी सिर्जना भएको विश्व स्वास्थ्य संगठनले जनाई रहंदा यसको प्रकोप विश्वभर छ लाख नाघेको हो।

कोरोना संक्रमण बाट हाल सम्म २७४४१ जनाको मृत्यु भैसकेको छ भने १लाख ३३ हजार ४५४ जना उपचार पश्च्यात निको भएर घर फर्किसकेका छन्।

कोरोना संक्रमित सबै भन्दा धेरै फेला परेको अमेरिकामा हाल सम्म १ लाख ४ हजार २५६ जना संक्रमित भेटिएका छन् भने दोश्रोमा रहेको इटालीमा ८६ हजार ४९८ जना संक्रमित फेला परेका छन्।

कोरोन भाइरसको उद्गम स्थल मानिएको चीन तेश्रो नम्बरमा पुगेको छ भने चौथो नम्बरमा रहेको स्पेनमा ६५ हजार ७१९ जना संक्रमित भेटिएका छन्।

नेपालमा विदेशबाट आएका चार जनामा यसको संक्रमण देखिएको छ । उनीहरू तीन जनाको उपचार चलिरहेको छ भने एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ