फुटबल

लिभरपुललाई च्याम्पियन बन्न १४ क्लबले समर्थन गर्नु पर्ने

लिभरपुललाई च्याम्पियन बन्न १४ क्लबले समर्थन गर्नु पर्ने

४ चैत्र २०७६ एजेन्सी: जारि सिजन लिग लिडर लिभरपुल इग्लिश प्रिमियरको उपाधि नजिक पुगेको छ । लिभरपुललाई उपाधि हात पर्ने मात्र ६ पोइन्ट अर्थात् २ जितको अवशयकता रहेको छ ।

३० वर्षपछि प्रिमियर लिग च्यापियन योजनामा रहेको लिभरपुलको उपाधि यात्रा केहि लम्बिएको छ ।विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण खेलकुद गतिविधि पूर्णविरमा लाग्या जतिकै भाको छ ।

विश्वको सबैभन्दा लोकप्रिय फुटबल लिग इंग्लिस प्रिमियर लिगका खेल पनि अप्रिल ४ सम्मका स्थगित भएका छन्। २९औं चरणको खेल जारी रहदा लिगका खेल अप्रिल ४ सम्मका लागि स्थगित गरिएको छ। यो अवधिमा लिभरपुलले १७ मार्चमा एभरटनसँग र २१ मार्चमा क्रस्टल प्यलेसँग खेलने तालिका थियो ।

गत सिजनको विजेता म्यानचेष्ट सिटी म्यानचेष्ट युनाईटेडसँग २-० ले पराजित भएपछि लिभरपुलको उपाधि दोर छोटो भएको थियो । २९ खेलबाट लिभरपुलको ८२ अङ्क रहँदा म्यानचेष्ट सिटी ५७ अंकमा सिमित छ । हाल लिभरपुल दोस्रो स्थानमा म्यानचेष्ट सिटी भन्दा २५ अंक अघि रहेको छ ।

तर कोरोनाका कारण लिग नै रद्द भएमा लिगको उपाधि के हुन्छ भन्ने कुरा विभिन्न् सञ्चार माध्यमर फ्यानको मनमा यो कुरा खेलिरहेको होला ।

अब लिगको उपाधि के हुन्छ भन्ने कुरा प्रिमियर लिगको बैठकमा निर्णय गरिने छ। बैठकमा दुई तिहाई मतको आधारमा निर्णय हुनेछ।

यसको अर्थ २० क्लब मध्ये १४ क्लबले गर्ने निर्णय नै अन्तिम निर्णय हुनेछ। लिग रद्द भएको अवस्थामा अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले उपाधि जित्नका लागि कम्तिमा १४ क्लबले लिभरपुलको समर्थन गर्नु पर्ने देखिएको छ।

अब यो निर्णय आगामी बिहीबार हुन सक्नेछ।चीनबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ ।

विश्वभरि ४००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृतु भईसकेको छ ।