युभेन्ट्सका डिफेन्डर डेनियल रुगानीलाई कोरोनाको संक्रमण
युभेन्ट्सका डिफेन्डर डेनियल रुगानीलाई कोरोनाको संक्रमण
२९ फागुन २०७६ एजेन्सी: युभेन्ट्सका डिफेन्डर डेनियल रुगानीलाई कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य परिक्षणको क्रममा डिफेन्डर डेनियल रुगानीलाई कोरोनाको संक्रमण देखिएको हो ।
डिफेन्डर डेनियल रुगानी माथि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि क्लवका अरु खेलाडी जो उनीसँग नजिक रहेका थिए उनीहरुमाथि पनि कोरोनाको टेष्ट हुने भएको छ । जसमा क्रिस्टियानो रोनाल्डो, आरोन राम्से लगायत पुरै टिम रहेका छन् ।
युभेन्ट्स क्लबले दिएको जानकरी अनुसार उनिमाथि कोरोनाको संक्रमण भेटिएपनि २५ बर्षिया रुगानीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको क्लबले बताएको छ ।
कोरोना भाइरसकै कारण ईटालीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि बन्द गरिएको छ ।
