क्रिकेट

भारत बिरुद्ध दक्षिण अफ्रिका: खेलाडीले ‘ह्याण्ड शेक’ र सेल्फी लिन नपाउने

भारत बिरुद्ध दक्षिण अफ्रिका: खेलाडीले ‘ह्याण्ड शेक’ र सेल्फी लिन नपाउने

२९ फागुन २०७६ एजेन्सी: आज देखि सुरु हुने भारत बिरुद्ध दक्षिण अफ्रिकाको खेलमा बिसीसीआईले कोरोना भाइरसलाइ मध्ये नजर गर्दै हाइ अलर्ट नोटिस जारि गरेको छ । बिसीसीआईले खेलाडी, होटल,खेलाडी चड्ने एयर लाइन्सलाइ सफा रख्न भन्दै यो हाइ अलर्ट नोटिस जारि गरेको हो ।

साथै बिसीसीआईले खेलाडीलाई टिमभन्दा बाहिरको ब्यतिसँग ‘ह्याण्ड शेक’ र सेल्फी लिन नलिदिनु होला भन्दै आग्रह गरेको छ ।

भारत बिरुद्ध दक्षिण अफ्रिका टोलिले ३ वटा एकदिवसीय सिरिज खेल्दै छ । भारत बिरुद्ध ३ वटा एकदिवसीय सिरिज खेल्न दक्षिण अफ्रिका टोलि भारत आइसकेको छ ।

दुवै क्रिकेट टीमले आफ्नो क्रिकेट टोलीको घोषणा गरिसकेको छ । भारत भ्रमण रहेको दक्षिण अफ्रिका क्रिकेट टोलीले ३ वटा वनडे सिरिज खेल्ने छ । भारतले पहिलो वनडे खेल १२ मार्चमा खेल्ने छ त्यस्तै दोस्रो खेल १५ मार्चमा हुनेछ भने तेस्रो र अन्तिम खेल भने मार्च १८ मा हुनेछ ।

भारतीय टिम: शिखर धवन, पृथ्वी शॉ, विराट कोहली (कप्तान), केएल राहुल, मनीष पांडे, श्रेयस अय्यर, ऋषभ पंत, हार्दिक पंड्या, रवींद्र जडेजा, भुवनेश्वर कुमार, युजवेंद्र चहल, जसप्रीत बुमराह, नवदीप सैनी, कुलदीप यादव, शुभमन गिल.

साउथ अफ्रीकाको टिम : क्विन्टन डि कोक(कप्तान) टेम्बा बावुमा, रस्सी भान डेर डुसेन, फाफ डु प्लेसिस, काइल भेरिने, हेनरिक क्लासेन, डेभिड मिलर, जोन-जोन स्मुट्स, एन्डिले फेह्लुकवेयो, लुंगी एनगिडी, लुथो सिपमला, ब्युरान हेन्ड्रिक्स, आरिक नोर्टजे जर्ज लिन्डे, केशव महाराज

साउथ अफ्रीका बिरुद्ध भारतको खेलतालिका

पहिलो खेल – १२ मार्च 2020 -१:४५

दोस्रो खेल – १५ मार्च 2020- १:४५

तेस्रो खेल – १८ मार्च 2020 – १:४५

लाइभ कसरी हेर्ने ?
भारत बिरुद्ध साउथ अफ्रीकाको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ