देशसमाचार

नेपालद्वारा चीनलाई एक लाख मास्क सहयोग

नेपालद्वारा चीनलाई एक लाख मास्क सहयोग

२२ माघ : चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले विश्वभर महामारीको रुप लिन सुरु गरिसकेको छ । भाइरसबाट विश्वनै त्रसित भएकोबेला चीनमा भने यसका प्रभावित अत्यधिक मात्रामा बढिरहेका छन् ।

चीनले यो रोग विश्वभर फैलिन नदिन आफ्नो देशबाट भाइरस लागेको संका लागेका व्यक्तिलाइ देश बाहिर जान रोक लगाएको छ। जसका कारण यसको प्रभाव छिन् बाहिरको विश्वमा चीनको तुलनामा कैयौं गुणा कम छ अर्थात् अत्यन्तै न्युन छ। यसै क्रममा नेपालले चीनलाई एक लाख मास्क सहयोगको रुपमा दिएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई सहयोगको रुपमा मास्क प्रदान गरेका हुन्। परराष्ट्र मन्त्रालयले सहयोग स्वरुप एक लाख मास्क प्रदान गरेको जनाएको छ।

चीन अहिले नोवेल कोरोना भाइरसले ठुलो महामारी सिर्जना गरेको छ । डिसेम्बर अन्तिम सातादेखि वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय भन्दा बढीले मानिसले ज्यान गुमाई सकेको छ । यसबाट अहिले सम्म करिब ३० हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । मास्कको खपत बढेको कारण नेपाल छिमेकि मित्रको नाताले चीनलाई मास्क प्रदान गरेको छ ।