च्याम्पियन्स लिग: टोटनहम र भ्यालेन्सिया पराजित
च्याम्पियन्स लिग: टोटनहम र भ्यालेन्सिया पराजित
८ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत हिजो भएको अन्तिम १६ को खेलमा टोटनहम र भ्यालेन्सिया पराजित भएको छ । नेपाली समय अनुसार १:४५ बजे भएको खेल इटालियन क्लब एट्लान्टाले स्पेनिस क्लब भ्यालेनसियालाई ४-१ ले पराजित गरेको हो ।

एट्लान्टाको जितमा हान्स हेटबोयरले दुई गोल गरे भने जोसिप इलिसिच र रेमो फ्रेउलरले गोल थिए।च्याम्पियन्स लिगको समूह चरणका सुरुका तीन खेल हारेर पनि एट्लान्टा नकआउट चरणमा पुग्न सफल भएको थियो ।

खेलको १६ औं मिनेटमा हान्स हेटबोयरले गोल गर्दै पहिलो अग्रता दिलाएका छन् । ४२ औं मिनेटमा जोसिप इलिसिचले गोल गर्दै एट्लान्टा अग्रतालाइ दोब्बर गर्न मदत गर्छन र पहिलो हाफमा २-० अग्रता काय्म गर्छ ।

त्यसपछि दोस्रो हाफ सुरु हुन्छ र दोस्रो हाफमा एट्लान्टाले २ गोल फेरी थप्छ । खेलको ५७ औं मिनेटमा रेमो फ्रेउलरले गोल गर्छन एट्लान्टाले ३-० अग्रता काय्म गर्छ । खेलको ६२ औं मिनेटमा एट्लान्टाका हान्स हेटबोयरले व्यतिगत दोस्रो गोल गर्दै एट्लान्टा ४-० अवस्था पुग्छ । भ्यालेन्सियाका डेनिस चेरेसेभले ६६ औं मिनेटमा सान्त्वनामा गोल गर्छन ।

आज बिहान १:४५ भएको अर्को खेलमा इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग पराजित भएको छ । इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग १-० ले पराजित भएको छ ।

लेइपजिजको जितमा टिमो वेर्नरले गोल गरेका थिय । खेलको ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मिडफिल्डर कोन्राड लाइमेरलाई लडाएपछि लेइपजिज पाएको थियो । सो प्राप्त पेनाल्टीको सुदुपयोज गर्दै वेर्नरले गोल गरेका थिए ।

इटालियन क्लब एट्लान्टा बिरुद्ध स्पेनिस क्लब भ्यालेनसिया र इङ्ग्लिस क्लब टोटनहम बिरुद्ध लेइपजिजको खेल १० मार्चमा हुने छ ।
