टोटेनहम र भ्यालेन्सिया च्यापियन लिग देखी बाहिर
टोटेनहम र भ्यालेन्सिया च्यापियन लिग देखी बाहिर
२८ फागुन २०७६ एजेन्सी: टोटेनहम र भ्यालेन्सिया च्यापियन लिग देखी बाहिरीएका छन् । अन्तिम १६ को दोस्रो लिगको खेलमा गत सिजनको उपविजेता टोटेनहम जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो ।
जर्मन क्लब आरबी लेईपजिग पहिलो पटक च्यापियन लिगको क्वाटरफाईनल प्रवेश गरेको छ ।
टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धी आरबी लेईपजिगसँग ४–० ले पराजित भएको हो । पहिलो लेगमा टोटेनहम घरेलु मैदानमा १–० ले पराजित भएको थियो । जर्मन क्लब आरबी लेईपजिगको घरेलु मैदान रेडबुल एरिना जित दिलाउन मार्सेल सबित्जरले दुई गोल र ईमिल फोर्सबर्ग एक गोल गोल गरेका थिए ।
मार्सेल सबित्जरले पहिलो गोल १० औं मिनेटमा र दोस्रो गोल २१ औं मिनेटमा गरेका थिए भने तेस्रो गोल ८७ औं मिनेटमा बेन्चबाट मैदान छिरेका ईमिल फोर्सबर्गले गरेका थिए ।
इटालियन क्लब एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जोसिप इलिकको चार गोलको सहयोगमा एटालान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
भ्यालेन्सिया समग्रमा इटालियन क्लब एटलान्टासँग ४-३ ले पराजित भएको छ । पहिलो लेगमा भ्यालेन्सिया ४-१ ले पराजित भएको थियो । इटालियन क्लब एटलान्टाको जितमा एक्लैले ४ गोल गरेका थिए । स्पनिस क्लब भ्यालेन्सियाका लागि गामिरोले दुई तथा टोरेसले एक गोल गरे पनि जित दिलाउन सकेनन ।
