बाँसबारीले सानदार प्रदर्शन गर्दै नतिजा उल्टायो
बाँसबारीले सानदार प्रदर्शन गर्दै नतिजा उल्टायो
२७ फागुन २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोश्रो खेलमा बाँसबारी क्लबले जित दर्ता गरेको छ। बाँसबारी क्लबले आरसिटि क्लबलाई २-१ गोल अन्तरले हराउदै लिगतालिकाको दोश्रो स्थान ओगटेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोश्रो खेलको पाहिलो हाफमा १ गोलले पछि परेको बाँसबारी क्लबले दोश्रो हाफमा सान्दार प्रदर्शन गर्दै खेल्को नतिजा उल्टाउन सफल भएको हो।
सिशस थापाले आरसिटीका लागि खेलको २४औ मिनेटमा पहिलो गोल गरेपछि निक्कैबेर कुनैपनि गोल हुन सकेन। त्यसपछि खेलको ५१ औ मिनेटमा बाँसबारी क्लबका लागि अमृत गुरुङ्गले पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसपछि खेलको ७६ औ मिनेटमा सिजन थापा मगरले बाँसबारीका लागि दोश्रो गोल गर्दै खेललाई २-१ को स्थानमा पुर्याउन सफल भएका थिए। सिजनले गरेको उक्त गोल्नै निर्णायक बनेपछि बांस्बरिले खेल २-१ गोल अन्तरले जित दर्ता गर्न सफल भएको थियो।
खेलमा म्यान अफ द म्याच बाँसबारी क्लबका अमृत गुरुङ्ग बनेका छन्।
जित संगै बाँसबारी ४ खेलमा ४ जित निकाल्दै ११ अंक सहित खेल तालिकाको दोश्रो स्थानमा उक्लिन सफल भएको छ। १ अंक भने अघिल्लो बर्षको घटाइएको हो।
