कोरोनाभाइरस: झुट्टो दाबी गरिएको भन्दै मास्कका दुई विज्ञापनमा प्रतिबन्ध
कोरोनाभाइरस: झुट्टो दाबी गरिएको भन्दै मास्कका दुई विज्ञापनमा प्रतिबन्ध
२३ फागुन २०७६ बिबिसी: कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट मुख छोप्ने मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई ब्रिटेनमा प्रतिबन्ध लगाइएको छ।
ब्रिटेनको नियामक निकाय एडभरटाइजीङ स्ट्यान्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।
ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ।
स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।
