क्रिकेटखेलकुद

Women’s T20 World Cup: ४ पटकको विश्व विजेता अस्ट्रेलिया बिरुद्ध भारत

Women’s T20 World Cup: ४ पटकको विश्व विजेता अस्ट्रेलिया बिरुद्ध भारत

२३ फागुन २०७६ : महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधिका लागि घरेलु टोलि अष्ट्रेलियाले भारतको सामना गर्ने छ । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आइतबार हुनेछ । खेल नेपाली समय अनुसार आइतबार दिउसो १२:४५ बजे देखि सुरु हुने छ ।

भारत र इङल्याण्डको पहिलो सेमीफाइनल खेल वर्षाले प्रभाबित पारेको थियो । खेल वर्षाले प्रभाबित पारेपछि समुह चरणको खेललाई आधारित मान्दै भारतीय महिला टोलि टी-२० विश्वकपको पहिलो पटक फाइनलमा प्रबेश गरेका हो ।

भारतले समुह ए चरण बाट चारै खेल जितेको थियो भने इङल्याण्डले समुह ए बि बाट तीन खेल मात्र जितेको थियो ।

दोस्रो सेमीफाईनल खेल पनि वर्षाले प्रभावित पर्यो र अष्ट्रेलियाले डीएल मेथडका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनायो ।

अष्ट्रेलियाले चार पटकको विश्वकप हात परेको छ भने छैटौ पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाको प्रतिद्वन्द्वी भारत भने पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।