क्रिकेटखेलकुद

सिंगापुर र नेपालबिचको खेल बर्षाले रद्ध

सिंगापुर र नेपालबिचको खेल बर्षाले रद्ध

२३ फागुन २०७६ काठमाडौँ : एसिसि इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । सिंगापुर र नेपालबिचको खेल टस पनि नभई रद्ध भएको छ । पिच खेल्ने योग्य नहुँदा सिंगापुर र नेपालबिचको खेल रद्ध गरिएको छ ।

यो पटक एशिया कप खेल्ने सपना बोक्दै थाईल्याण्ड पुगेको नेपाल २ खेलमा पराजित भएको थियो भने एक खेलमा जित हासिल गरेको थियो ।

नेपाल पहिलो खेल मलेसियासँग २२ रनले दोस्रो खेलमा हङकङसंगको खेलमा ४३ रनले नेपाल पराजित र तेस्रो खेलमा थाइल्याण्डसँग ९ विकेटले नेपालले जित दर्ता गर्यो । यता सिंगापुरले मलेसियालाइ १ सय २८ रन,थाइल्याण्डलाइ ४३ रन र हङकङलाइ १६ रनले पराजित गर्यो ।

सिंगापुर अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको सिंगापुर एसिया कप छनोटमा पुगिसकेको छ ।नेपालको भने एसिया कप छनोट खेल्ने सपना चक्नाचुर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *