बि डिभिजन: श्री कुमारीलाइ हराउदै सातदोबाटो लिग तालिकाको शिर्ष स्थानमा
बि डिभिजन: श्री कुमारीलाइ हराउदै सातदोबाटो लिग तालिकाको शिर्ष स्थानमा
२० फागुन २०७६ काठमाडौँ : सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले जित हात पारेको छ। जित संगै सातदोबाटो युथ क्लब लिग तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटो क्लबले श्री कुमारी क्लबलाइ १-० गोल अन्तरले हराउंदै लिग तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको हो।
खेक को १५ औ मिनेटमा सातदोबाटोका मिड फिल्डर दिनेश राइले गरेको प्रहारले जाली चुमेपछि सातदोबाटोले अग्रता लिएको थियो।
पहिलो हाफ १-० गोल अन्तरमा अघि रहेको सातदोबाटोका लागी श्री कुमारीका खेलाडीले गोल गर्ने धेरै नै प्रयास गरेपनि कुनैपनि गोल हुन नसकेपछि राइले गरेको उक्त गोलनै निर्णायक गोल बन्न पुग्यो। र खेल सत्दोबतोले जोड्दै ३ अंक जोड्न सफल भयो।
