बी डिभिजन लिग:झम्सीखेल र पुलचोकको बराबरि
२ चैत्र २०७६: बी डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेल बराबरिमा सकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब र झम्सिखेल युथ क्लबले १-१ को बराबरि खेलेको छ।
दुबै टोलिले पहिलो हाफ गोल रहित बराबरि खेलेको थियोे ।
दोस्रो हाफमा पुलचोकले अग्रता लिन सफल भएको थियो। दोस्रो हाफको ७६ औं मिनेटमा आकश राणाले गोल गरेका थिए ।
तर खेलको अन्तिम समयम ८९ औं मिनेटमा झम्सीखेलका मदनले गोल गर्दै खेललाई १-१ को ल्याए र अफ्नो टिमलाई हार बाट जोगाए।
पुल्चोक स्पोर्टस क्लब अंक तालिकाको पुछरमा रहेको छ भने झम्सिखेल युथ क्लब नवौं स्थानमा रहेको छ । दुवै टोलीले ५ -५ खेल खेलीसकेका छन् ।
भने दोस्रो खेलमा नयाँबस्ती युवा क्लबले बाँसबारी क्लबको सामना गर्दै छ।
अबको दोस्रो खेल नयाँबस्ती युवा क्लब र बाँसबारी क्लबको खेल ३:३० बजे देखि हुँदै छ ।
दुवै टोलीले ५ -५ खेल खेलीसकेका छन् ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
