खेलकुदफुटबल

बि डिभिजन लिगको खेल आजबाट, ब्वाईज युनियन र श्री कुमारी भिड्दै

बि डिभिजन लिगको खेल आजबाट, ब्वाईज युनियन र श्री कुमारी भिड्दै

११ फागुन २०७६ काठमाडौँ : सहिद स्मारक बि डिभिजन लिगको खेल आजबाट सुरु हुँदै छ । आजको खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लब भिड्दै छन् । ब्वाईज युनियन र श्री कुमारी क्लबको उद्धघाटन खेल १२:३० बजे देखि सुरु हुँदै छ ।

आज फागुन ११ गते आइतबारबाट शुरु हुने प्रतियोगिताको एन्फाले अघिलो बुधवार पत्रकार समेलन गरी खेल तालिका सार्वजनिक गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।