सुदुरपश्चिम ११ बन्यो खप्तड गोल्डकपको बिजेता
सुदुरपश्चिम ११ बन्यो खप्तड गोल्डकपको बिजेता
१९ फागुन २०७६ धनगढी(खेल चित्र): मोफसलमा सर्बाधिक धनराशिको फुटबल प्रतियोगता मानिने चौथो सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको फाइनल सुदुरपश्चिम ११ले जितेको छ । दमदार दुइ टोलि बीच भएको भिडन्तमा सुदुरपश्चिम ११ले थ्री स्टारलाइ पछि पार्दै बाजी मारेको हो।
कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा मंगलबार भएको सुदुर पश्चिम ११ र थ्री स्टार बीच भएको फाइनल खेलमा। सुदुरपश्चिम ११ आजको फाइनल खेलमा १-० गोलले जित दर्ता गरेको हो।
आज उत्कृष्ट खेलाडीको पुरस्कार खेल अवधि भर ५ गोल गरेका सुदुर पश्चिम ११ का स्ट्राइकर बिक्रम सिंह ठकुरीले प्राप्त गरेका छन् उनले बेनेलीको १५० सिसिको बाइक प्राप्त गरेका छन् भने त्यसै गरि उत्कृष्ट मिडफिल्डरको उपाधि थ्री स्टारका सुशील राईले प्राप्त गरे भने उदयमान खेलाडी को पुरस्कार सुदुरपस्चिम ११ का बिष्णु चौधरीले प्राप्त गरेका छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षकको उपाधि खेल अवधि भर एक गोल मात्र ब्येहोरेका थ्री स्टारका पुर्ण चेम्जोङले पाए भने उत्कृष्ट डिफेन्डर सुदुर पश्चिम ११ का धन बहादुर थापाले प्राप्त गरे। प्रशिक्षक तर्फ सुदुरपश्चिम ११का प्रशिक्षक रोहित भण्डारीले उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारेका छन्।
सेमिफाइनल खेलमा एपीएफलाइ हराउदै सुदुरपश्चिम ११ फाइनल प्रवेश गरेको थियो भने हिमालय शेर्पालाइ हराउदै थ्री स्टार फाइनल प्रवेश गर्ने दोश्रो टोलि बनेको थियो ।
प्रतियोफितामा फाइनल खेलेका दुवै टोलिको खेल निक्कैनै उत्कृष्ट देख्न पाइएको थियो ।
सुदुर पश्चिम ११ पहिलो पटक फाइनल पुगेको टोलि हो भने थ्री स्टारले दोश्रो पटक फाइनल खेलेको छ ।
तेश्रो संसकरणलाइ हेर्ने हो भने थ्री स्टारले फाइनल खेलमा नेपाल पुलिस क्लब संग १-० को हार ब्येहोरेको थियो।
सुदुर पश्चिम ११ ले क्वाटरफाइनल मा कन्चनजंगा फुटबल क्लबलाइ र सेमिफाइनल खेलमा एपिएफ़्लाइ हराउदै फाइनल प्रवेश गरेको हो भने थ्री स्टारले क्वाटर फाइनल खेलमा नव जनजागृति क्लबलाई र सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई हराउदै फाइनल पुग्न सफल भएको हो।
सुदुर पश्चिम ११ क्लबले आयोजना गरेको चौथो संस्करणको खप्तड गोल्डकप प्रतियोगिता कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा आयोजना गर्दै आएको छ। यस प्रतियोगितामा सुदुरपस्चिम ११ ले फाइनल सम्म आइपुग्दा सफलताका साथ सम्पन्न गर्दै आएको छ भने अन्तिम खेल फाइनल पनि सफलतापुर्वक सम्पन्न गर्ने सोचका साथ अघि बढेको छ।
प्रतियोगिताको बिजेताले २१ लाख नगद प्राप्त गर्नेछन भने उप बिजेताले १० लाख नगद प्राप्त गर्ने छन्।त्यसै गरि पाएर अफ द सिरिजले १५० सिसिको बेलेनी बाइक प्राप्त गर्ने छन् भने बेस्ट किपर, बेस्ट डिफेंन्डर, बेस्ट मिड फिल्डर, बेस्ट स्ट्राइकर र बेस्ट कोचले जनही रु १५००० प्राप्त गर्ने छन्।
