खेलकुदफुटबल

च्याम्पियन्स लिग: रियल र युभेन्ट्स पराजित,रामोसलाई रातो कार्ड

च्याम्पियन्स लिग: रियल र युभेन्ट्स पराजित,रामोसलाई रातो कार्ड

१५ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा हिजो पनि दुइ खेलहरु भएका थिए।युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेगको हिजो भएको पहिलो खेलमा म्यान सिटिले रियल मड्रिडलाई २-१ पराजित गरेको छ भने लियोनले युभेन्ट्सलाई १-० पराजित गरेको छ ।

इंग्लिश क्लब म्यानचेष्टरको जितमा ग्रबिएल जेससले र के भिन बुर्यनले गोल गरेका थिए भने रियल बाट इस्कोले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धामक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर खेलको दोस्रो हाफमा रियल मद्रिडले सुरुवाती अग्रता बनाउन सफल भयो । खेलको ६० औं मिनेटमा इस्कोले गोल गर्दै रियललाइ सुरुवाती अग्रता दिलाएका थिए । तर सुरुवाती अग्रता केहि समयको लागि मात्र टिक्यो ।

खेलको ५ मिनेटको अन्तरमा म्यान सिटिले २० गोल गर्दै जित दर्ता गर्यो । ७८ औं मिनेटमा ग्रबिएल जेससले गोल गर्दै खेलाई बराबरी ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा इंग्लिश क्लब म्यानचेष्टर सिटिले पेनालिटीको अवसर पायो । सो पेनाल्टीलाइ गोलमा परिनत गर्दै जित दर्ता गर्न सफल भयो ।

त्यसपछि खेलसकिन जम्म ५ मिनेटको समय रहदा रियल मड्रिड ठुलो संकटमा पर्यो । कप्तान रामोसले जेससलाइ लडाएपछि रेफ्रीले रामोसलाइ सिधै रातो कार्ड देखाए। सिधै रातो कार्ड पाएका कप्तान रामोसले लिगको अर्को खेल पनि गुमाउने छन् । अब दोस्रो खेल म्यानसिटिको घरेलु मैदान इतिहदमा हुनेछ ।

युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को अर्को खेलमा लियोनले युभेन्ट्सलाइ १-० पराजित गरेको छ । लियोन जितमा लुकास टोउसार्टले गोल गरेका थिए ।

खेलको ३१ औं मिनेटमा लुकास टोउसार्टले गोल गर्दै लियोनलाइ सहज जित दिलाए । अब दोस्रो खेल युभेन्ट्सको घरेलु मैदानमा हुने छ ।

युभेन्ट्सले पहिलो र दोस्रो हाफमा घरेलु टोलीलाई दबाबमा राखे पनि जित भने दिलाउन सकेनन् ।