थ्री स्टार खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेस
थ्री स्टार खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेस
१३ फागुन २०७६ धनगढी : मोफसलमा सर्बाधिक धनराशिको चौथो सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारबाट सुरु भएको क्वाटरफाइनल खेलमा बिजयी हुँदै थ्री स्टार खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेस गरेको छ।
कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा बुधबार भएकोे खेलमा नव जनजागृत क्लबलाइ २-० गोल अन्तरले हराउदै थ्री स्टार क्लब सेमिफाइनल प्रवेस गरेको हो।
नव जागृति बिरुद्ध आक्रामक प्रस्तुत भएको थ्री स्टार क्लवका खेलाडीहरुले पहिलो हाफमा कुनैपनि गोल गर्न सकेका थिएनन्।
दोश्रो हाफको ८० औ मिनेटमा थ्री स्टारका लागि सन्जोग राइ ले पहिलो गोल गर्दै १-० को अग्रता दिलाए। त्यसको लगत्तै २ मिनेट भित्रै थ्री स्टारका लागि आशिस राइले दोश्रो गोल गर्दै अग्रता दोब्बर मात्र पारेनन् उनको त्यो गोल नै निर्णायक गोल बन्न पुग्यो। त्यसपछि दुवैतर्फाबात कुनैपनि गोल नाभायेपछी खेल २-० गोल अन्तरले थ्री स्टारले हात पर्न सफल भयो।
आजको खेलमा थ्री स्टारका कप्तान बिक्रम लामा म्यान अफ द म्याच बन्न पुगेका छन्।
बिहिबार हुने सेमिफाइनल प्रवेस गर्ने खेलमा विभागीय डर्बि नेपाल पुलिस र नेपाल एपीएफ भिड्ने छन्। खेल कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा बिहिबार दिनको ३ बजे हुनेछ।
