बायर्नलाई लग्यो ठुलो झट्का: लेवान्डोस्की चार साता मैदान बाहिर
बायर्नलाई लग्यो ठुलो झट्का: लेवान्डोस्की चार साता मैदान बाहिर
१५ फागुन २०७६ एजेन्सी: जेर्मन क्लब बायर्न मुनिखलाइ ठुलो झट्का लागेको छ । जेर्मन क्लब बायर्न मुनिखका फवार्ड रोबेर्ट लेवान्डोस्की घाइते भएका छन् । घाइते भएका जेर्मन क्लब बायर्न मुनिख फवार्ड रोबेर्ट लेवान्डोस्की अब चार साता मैदान बाहिर रहने छन् ।
रोबेर्ट लेवान्डोस्की चेल्सी बिरुद्धको खेल दौउरान उनको बाँया खुटामा चोट लागेको थियो । पोल्याण्ड तथा जेर्मन क्लब बायर्न मुनिखका स्टार खेलाडी रोबेर्ट लेवान्डोस्की ६ खेल गुमाउने छन् ।
पोल्याण्ड तथा जेर्मन क्लब बायर्न मुनिखका स्टार खेलाडी रोबेर्ट लेवान्डोस्कीले च्याम्पियन लिगको अन्तिम १६ दोस्रो खेल लेगको खेल पनि गुमाउने छन् ।
च्याम्पियन लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीलाइ ३-० ले पराजित गरेको थियो । सो खेल रोबेर्ट लेवान्डोस्कीले १ गोल तथा २ असिस्ट गरेका थिए ।
जेर्मन क्लब बायर्न मुनिख र इग्लिस क्लब चेल्सीको च्यापियन लेगको दोस्रो खेल १८ मार्चमा हुँदै छ।जेर्मन क्लब बायर्न मुनिखका रोबेर्ट लेवान्डोस्की जारि सिजन च्यापियन लिगमा ११ गोल गरेका छन् ।
