बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी
बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी
१६ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुइ खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेल खुमलटार युथ क्लब बिरुद्ध रानीपोखरी कर्नर टिम बिच हुँदै छ भने दोस्रो खेल नयाँबस्ती युवा क्लबले झम्सिखेल युथ क्लबक्लबबिरुद्ध खेल्दै छ ।
खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम क्लबबिच पहिलो खेल १२:३० बजे देखि सुरु हुँदै छ भने नयाँबस्ती युवा क्लब र झम्सिखेल युथ क्लबको दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

