खेलकुदफुटबल

खेलकुद अपडेट: नेयमारलाई रातो कार्ड, एकै खेलमा ७ गोलको थ्रिलर,युनाईडेट र एट्लिको विजयी

खेलकुद अपडेट: नेयमारलाई रातो कार्ड, एकै खेलमा ७ गोलको थ्रिलर,युनाईडेट र एट्लिको विजयी

१२ फागुन २०७६ एजेन्सी : लिग वान फुटबलमा पेरिस सेन्ट जेर्मनले संघस्पूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा पेरिस सेन्ट जेर्मन (पिएसजी)ले बोर्डोलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।

पेरिस सेन्ट जेर्मन (पिएसजी)को जितमा मार्कुन्योसले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरेका थए भने बोर्डोकालागि उइ जो ह्वाङ, पाब्लो र रुवेन पार्डाेले गोल गरेका थिए । पेरिस सेन्ट जेर्मन (पिएसजी) र बोर्डोबिचको एकै खेल ७ गोल थ्रिलर भएको थियो ।

दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

जितसँगै पीएसजीले लिग वानमा १३ अंकको अग्रता लिदै उपाधि होड बलियो बनाएको छ । पीएसजीके २६ खेलबाट ६५ अंक पुगेको छ भने तेतिनै खेलबाट मार्सेलीको ५२ अंक रहेको छ । पराजित बोर्डोको भने ३५ अंकसहित १२औं स्थानमा रहेको छ ।

हिजो राति इंग्लिश प्रिमियरको खेलमा म्यानचेष्टर युनाईटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाईटेडले वाट्फोडलाई ३-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोड भएको खेलमा म्यानचेष्टर युनाईटेडलाइ जित दिलाउन नो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरेका थिए ।

खेलको ४२ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोक गर्दै पहिलो अग्रता दिलाएका थिए । सो पेनाल्टी म्यानचेष्टर युनाईटेडका नो फर्नान्डेस प्रहार गरेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको म्यानचेष्टर युनाईटेडहाफमा २ दुइ गोल गर्न सफल भयो ।

खेलको ५८ औं मिनेटमा एन्थोनी मार्सियल गोल गर्दै म्यानचेष्टर युनाईटेडको अग्रता दोब्बर बनाउन सफल भए । त्यसपछि खेलको ७५ औं मिनेटमा मासुन ग्रिनवुडले गोल गर्दै म्यानचेष्टर युनाईटेडले ३-० को जित दर्ता गर्छ ।

जितसंगै म्यानचेष्टर युनाईटेड २७ खेलबाट ४१ अंक जोडन सफल हुन्छ । जितसंगै म्यानचेष्टर युनाईटेड पाँचौ स्थानमा उकिलिन सफल हुन्छ । पराजित वाट्फोर्डले २४ अंक रहेको छ । पराजित वाट्फोर्ड रेलिगेसन् जोनमा रहेको छ ।

भिल्लारियललाई ३-१ परजित गर्दै एट्लिको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लिको जितमा एन्जेल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरेका थिए भने भिल्लारियलबाट पाकोले गोल गरेका थिए ।

एट्लिको २५ खेलबाट ४३ अंक रहेको छ भने पराजित भिल्लारियलको ३८ अंक रहेको छ । एट्लिको तेस्रो स्थानमा रहदा भिल्लारियल सातौ स्थानमा रहेको छ ।