एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड हुँदै, वर्ष महिला र पुरष खेलाडीलाई नगद १ लाख ३२ हजार
एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड हुँदै, वर्ष महिला र पुरष खेलाडीलाई नगद १ लाख ३२ हजार
११ फागुन २०७६ काठमाडौँ: एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड यही चैत्र २१ गते बाट हुँदै छ । अघिल्लो वर्षझैँ यस बर्ष पनि सिप्यान क्रिकेट अवार्ड हुन् लागेको हो। सिप्यान क्रिकेट अवार्डको आयोजना चैत्र २१ हुने भएको छ । क्रिकेट खेलाडीहरुले खेल मैदानमा प्रदशन गर्दै आएको खेल कौशलाई उचित मुल्याङ् गरि पुरस्कृत, सम्मान र कदर गर्दै लैजान यो अवार्ड हुन् लागेको हो ।
सन् २०१९- २०२० को प्रदशनको आधरमा वर्ष महिला र पुरष गरि नगद १ लाख ३२ हजार नगद गर्ने पदान गरिने छ । बर्ष उत्कृस्ट क्षण, बर्ष उदयीमान खेलाडी र लाइफटाइम अचिभनेट अवार्ड पाउने खेलाडीलाइ ६६ हजार रुपया प्रदान गरिने छ ।
उत् कार्यक्रमा ५ विभिन्न विधामा पुरस्कार राशीदुवार खेलाडीहरुलाइ पुरस्कृत गरिने छ । पुरस्कार विधाहरु यस प्रकार रहेका छन्
वर्ष क्रिकेट खेलाडी (पुरुष)=१३२,०००
बर्ष क्रिकेट खेलाडी (महिला)=१३२,०००
बर्ष उत्कृस्ट क्षण = ६६,०००
बर्ष उदयीमान खेलाडी = ६६,०००
लाइफटाइम अचिभनेट अवार्ड= ६६,०००
उत्कृष्ट क्षणको अवार्ड मत सर्वेक्षणका आधारमा प्रदान गरिने छ भने लाइफ टाइम अचिभमेन्ट अवार्ड पुरानो पुस्ताका एक जना क्रिकेटरलाई प्रदान गरिने छ । अवार्डका लागि चाँडै समिति बनाएर छनोट गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
