प्रधानमन्त्रि ओलि आफ्नो जन्मदिन मनाउन जन्मथलो जादै
प्रधानमन्त्रि ओलि आफ्नो जन्मदिन मनाउन जन्मथलो जादै
११ फागुन २०७६ काठमाडौँ: प्रधानमन्त्रि केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्थुम जाँदै छन् । प्रधानमन्त्रि केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्थुम जान लाग्नु भएको हो।
प्रधानमन्त्रि केपी शर्मा ओलीको जन्म ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा भएको थियो। केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ आउन लाग्नुभएको हो ।
प्रधानमन्त्रि ओलि आफ्नो आउने कुरा थाहा पाएपछि त्यहाका स्थानिए बासिन्दा हरु निकै हर्षित भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ ।
आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
१२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ ।