क्रिकेटखेलकुद

क्रिकेटर बसन्त रेग्मी पिता बने, पहिलो सन्तानका रुपमा छोरी

क्रिकेटर बसन्त रेग्मी पिता बने, पहिलो सन्तानका रुपमा छोरी

२ माघ २०७६ काठमाडौं : नेपाली क्रिकेट जगतका अनुभवी एबम चर्चित खेलाडी वसन्त रेग्मी पिता बनेका छन्। उनलाई पुत्री लाभ भएको छ । पिता वसन्त रमाता पुनम न्यौपाने रेग्मीको पहिलो सन्तानका रुपमा बिहीबार दिउँसो ४ः१५ बजे छोरीको जन्म भएको हो ।

नेपालगन्ज नर्सिङ होममा पुनमको शल्यक्रियाबाट छोरीको जन्म भएको र अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको बताएका छन् । ५ वर्षअघि विवाह बन्धनमा बाधिएका वसन्त र पुनमको यो पहिलो सन्तान हो ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका वसन्त अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । प्रशिक्षण पोखरामा सुरु भइसकेको छ । नेपालले यसै महिना अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।

उनी केहि सातापछि हुने एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियार्सको टोलीमा रहनेछन् ।